Comments Add Comment

कुरा मोटोपनको : ‘दीपाको मेन्टेन, ‘सुन्तली’को ठिकै छ’

dipa and suntali
सार्वजनिक समारोहमा जब महिला कलाकारहरु उपस्थित हुन्छन्, त्यहाँ उनीहरुको शारीरिक बनाबट, सुन्दरता, पहिरन र मेकअपका कुरा त आइहाल्छन् नै ।
आइतबार बेलुकी आयोजना भएको ‘छ एकान छ’ फिल्मको सफलता पार्टीमा पनि यस्तै कुरा चल्यो ।

भाद्र ७ गते ३९ बर्षमा प्रवेश गरेकी दीपाश्री निरौला आफ्नो मोटाउँदै गएको शरीरलाई ‘मेन्टेन’ भन्दै थिइन् । ‘३९ बर्षमा लागे पनि मेरो मेन्टेन हेर्नुहोस्’, दीपाका यस्ता कुरा सुनिए ।

यता, कुञ्जना घिमिरे ‘सुन्तली’ भने मोटाउँदै गएको शरीरलाई लिएर केही पिरमा देखिइन् । एक सन्तानलाई जन्म दिएपछि उनी मोटाएकी छिन् । तर शरीरलाई मेन्टेन गर्न नसक्दा उनलाई असजिलो भने भएकै छ । तर पनि उनी आफू भन्दा केही मोटा मानिसहरुलाई हेरेर चित्त वुझाउँदै छिन् ।

कुञ्जनाको बढ्दै गएको शरीरलाई लिएर कार्यक्रममा चर्चा पनि भएका थिए । उनले आफ्नो शरीर ‘ठिकै छ’ भन्दै चित्त वुझाइन् । गसिप बजारमा उनीहरुको मोटोपनको कुराले चर्चा पाउनु स्वभाविक नै थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment