Comments Add Comment

उर्जामा विदेशी लगानी प्रतिवद्धता पाँच गुनाले बढ्यो

FDI-Logo

९ भदौ काठमाडौं । पछिल्लो एक वर्षमा नेपालको उर्जा क्षेत्रमा विदेशी लगानीकर्ताहरुको चासो अत्यधिक बढेको छ । यो क्षेत्रमा आर्थिक वर्ष २०६९/०७०को तुलनामा आव २०७०/०७१ मा पाँच गुणा बढी वैदेशिक लगानीको प्रतिवद्धता आएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार आव २०७०/०७१ मा १० परियोजनाका लागि ११ अर्ब १८ करोड ६ लाख रुपैयाँ वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । यो कूल वैलेशिक लगानी प्रतिवद्धताको आधाभन्दा बढी हो । गत वर्ष कूल २० अर्ब १० करोड रुपैयाँ बराबरको वैदेशशिक लगानीको प्रतिवद्धता भएको थियो ।

गत वर्ष उर्जा क्षेत्रमा आएको लगानीको प्रतिवद्धतासँगै ९ सय ३९ जनाले रोजगार पाउने प्रस्ताव गरिएको छ । अघिल्लो वर्ष ६ परियोजनामा ४ सय ८ जनाले रोजगारी पाउने प्रस्तावसहित २ अर्ब ७५ करोड ५ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको थियो ।
सेवा, उत्पादनमुल र पर्यटन क्षेत्रमा घट्यो ।

त्यसैगरी गत वर्ष सेवामुलक, उत्पादनमुलक, निर्माण, खानीजन्य, पर्यटन क्षेत्रमा वैदेशिक लगानीको प्रतिवद्धता घटेको छ ।

गत वर्ष सेवामुलक क्षेत्रका १ सय ६ आयोजनाका लागि ४ अर्ब ४७ करोड २ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको छ । यी आयोजना सम्पन्न भए ३४ सय ९४ जनाले रोजगारी पाउनेछन् । अघिल्लो वर्ष ८९ आयोजनाका लागि ७ अर्ब ५४ करोड ४ लाख रुपैयाँ लगानीको प्रतिवद्धता आएको थियो । ति आयोजना बन्दा ४५ सय ९४ जनाले रोजगारी पाउने प्रस्ताव थियो ।

त्यसैगरी अघिल्लो वर्ष ८४ आयोजनाका लागि ४ अर्ब पाँच करोड रुपैयाँ लगानीको प्रतिवद्धता आएको उत्पादनमुलक क्षेत्रमा गत वर्ष ४४ आयोजनाका लागि १ अर्ब ८५ करोड रुपैयाँ बराबरको लगानी प्रतिवद्धता आएको छ ।

त्यस्तै अघिल्लो वर्ष ८९ आयोजनाका लागि ३ अर्ब ९७ करोड रुपैयाँको प्रतिवद्धता आएको पर्यटन क्षेत्रमा गत वर्ष ८७ आयोजनाका लागि १ अबर्त्र ३० करोड रुपैयाँ मात्रै लगानीको प्रतिवद्धता आएको छ ।

अघिल्लो वर्ष १ आयोजनाका लागि १० करोड रुपैयाँको प्रतिवद्धता आएको निर्माण क्षेत्रमा गत वर्ष एक रुपैयाँको पनि प्रतिवद्धता आएन ।

अघिल्लो वर्ष ५ आयोजनाका लागि ५९ करोड रुपैयाँ प्रतिवद्धता आएकोमा गत वर्ष ११ आयोजनाका लागि २८ अर्ब रुपैयाँ मात्रै प्रतिवद्धता आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment