Comments Add Comment

समिक्षकले दिए अवार्ड, ऋचा र कोशिश उत्कृष्ट नायक-नायिका

richa-sharma-aaward

समिक्षक समाजले पहिलो पटक काठमाण्डौमा ‘क्रिटिक्स अवार्ड २०७०’को आयोजना गरेको छ । सूचना तथा संचारमन्त्री मिनेन्द्र रिजालले विभिन्न ७ विधामा अवार्ड पाउन सफल चलचित्रकर्मीलाई पुरस्कृत गरेका थिए ।

चलचित्र ‘कर्कश’बाट लोकेश बज्रचार्यले सम्पादन विधामा अवार्ड पाउँदा शैलेन्द्र डी कार्कीले ‘वधशाला’बाट छायांकनको अवार्ड जिते । यस्तै, उत्कृष्ट पटकथातर्फ ‘साँघुरो’बाट विनोद पौडेल, अभिनेत्रीतर्फ चलचित्र ‘उमा’बाट ऋचा शर्मा, अभिनेतातर्फ चलचित्र ‘मोक्ष’बाट कोशिश क्षेत्रीले अवार्ड प्राप्त गरे ।

चलचित्र ‘साँघुरो’बाट नै जोयस पाण्डेले उत्कृष्ट निर्देशकको अवार्ड जिते । स्म्यासिङ एप्पलले निर्माण गरेको चलचित्र ‘वधशाला’ समिक्षकहरुको नजरमा उत्कृष्ट सिनेमा ठहरियो । कार्यक्रममा सिनेमा क्षेत्रका केही चलचित्रकर्मी र पत्रकारहरुको उपस्थिती थियो ।

समिक्षक समाजले हरेक बर्ष अवार्डलाई निरन्तरता दिने बताएको छ । यस्तै भदौ २३ गतेबाट हरेक महिनाको सोमबार एक चलचित्र प्रदर्शन गरिने पनि बताइएको छ । badshala-team critics-aaward

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment