बजाज इन्टरटेन्मेन्टले ‘तीज म्यूजिक अवार्ड २०७१’को आयोजना गरेको छ । कार्यक्रममा तीजका विभिन्न गीत गाएर गायक तथा गायिकाहरुले मनोरञ्जन प्रदान गरेका थिए । तीजको विशेष सांकृतिक कार्यक्रमसँगै सहभागीलाई दर खुवाएर आयोजकले नयाँ परम्पराको थालनी पनि गरेको छ ।
कार्यक्रममा नायिका करिश्मा मानन्धर, कलाकार बसुन्धरा भुषाल, नेपाली सिनेमाकी प्रथम नायिका भूवन चन्द, पहिलो रंगीन चलचित्रकी नायिका चैत्य देवी लगायतको नृत्य रोचक थियो । तीजका अवसरमा बजारमा आएका गीतहरुलाई समावेश गरेर अवार्डको आयोजना गरिएको हो । विभिन्न १२ विधामा प्रदान गरिएको अवार्ड समारोहमा उत्कृष्ट एल्बम ‘माइतीको संझना’ बन्न सफल भयो ।
यस्तै, उत्कृष्ट तीज गीत भिडियो सम्पादन ‘झल्को माइतीको’बाट बिष्णु शर्मा, उत्कृष्ट तीज गीत भिडियो छायांकार ‘मलाई त कति मज्जा’बाट राजेश घिमिरे, उत्कृष्ट तीज गीत भिडियो मोडल-पुरुष) ‘वर माग्छु शिवजी’बाट बब्बु थापा, उत्कृष्ट तीज गीत भिडियो मोडल-महिला) ‘अहिलेको तीजमा’बाट दीपाशा वीसी बन्न सफल भए ।
उत्कृष्ट तीज गीत भिडियो निर्देशकतर्फ ‘आमाले दिएको’ गीतबाट शंकर वीसी, उत्कृष्ट तीज गीत एरेन्जर ‘अहिलेको तीजमा’बाट झलक संगीतम्, उत्कृष्ट तीज दोहोरी गीत गायकतर्फ ‘आर्शिवाद माग्छु’बाट खुमन अधिकारी, उत्कृष्ट तीज दोहोरी गीत गायिकातर्फ ‘बुढा आधा आधा’बाट पूर्णकला वीसी र उमा श्रेष्ठ, उत्कृष्ट तीज गीत शब्दतर्फ ‘माइती देश’बाट गायत्री थापा, उत्कृष्ट तीज गीत भाकातर्फ ‘अहिलेको तीजमा’बाट हरी बिष्टले अवार्ड जित्न सफल भएका छन् ।
उत्कृष्ट तीज गीत गायिकातर्फ ‘म त फुरुक्कै’बाट देविका बन्दनाले अवार्ड जित्दै गर्दा उत्कृष्ट तीज गीत विधामा ‘तीजको आयो लहर’ गीतबाट सुनिता दुलालले अवार्ड जितिन् । यस्तै पब्लिक च्वाइस अवार्ड सरिता कार्कीले प्राप्त गर्न सफल भइन् ।
नेपाली कला, संकृतीको जगेर्ना गर्न अवार्डको आयोजना गरिएको बजाज इन्टरटेन्मेन्टका राजु बजाजले जानकारी दिए ।
प्रतिक्रिया 4