१० भदौ काठमाडौं । गन्तव्य नेपाल पब्लिकेसन्सले १०औं वाषिर्कोत्सवको अवसर पारेर पर्यटन क्षेत्रमा योगदान पुर्याएबापत अनलाइनखबरकर्मी नविन अर्याललाई पुरस्कृत गरेको छ ।
बिजनेस बिटमा काम गर्ने अर्याल विषेशगरी पर्यटन क्षेत्रसँग सम्बन्धित समाचार लेख्छन् । उनलाई प्रमुख अतिथि पूर्वपर्यटन मन्त्री रामकुमार श्रेष्ठले १० हजार नगद र कदरपत्रले सम्मान गरे ।
सोही अवसरमा न्यूज २४ का पत्रकार संगम बानियाँ र अमेरिकाबाट प्रसारण हुने हृवाइट हिमाल टेलिभिजनकी पत्रकार कल्पना महर्जनलाई पनि सोही बराबर धनराशी र प्रमाणपत्रले सम्मानित भएका छन् ।
सांगि्रला टुर्स प्रालिका सञ्चालक टेक चन्द्र पोखरेल यस वर्षका ‘पर्यटन म्यान अफ दि इयर २०१४’ घोषित भएका छन् । उनलाई अघिल्लो वर्षका विजेता आङछिरिङ शेर्पाले ताज पहिराए । गन्तव्य नेपालले हरेक वर्ष पर्यटन क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यसायीलाई पर्यटन म्यान अफ दी इयर घोषणा गरी ताज पहिर्याउँदै आएको छ ।
ठमेल विकास परिषद्का अध्यक्ष रामशरण थपलियाको संयोजकत्वमा गठित समितिले पोखरेललाई पर्यटन म्यान अफ दी इयरको उपाधीका लागि चयन गरेको हो ।
त्यसैगरी, सोही अवसरमा पर्यटन व्यवसायीहरु लाक्पा ग्याल्जेन शेर्पा, देवेन्द्र गिरी, निमा नुरु शेर्पा, रामप्रसाद सापकोटा, गोपालबाबु श्रेष्ठ, चुडामणि कट्टेल, शम्भुराज पाठक, पुस्करराज पाठक, भाइकृष्ण खड्का, पर्यटन बोर्डका प्रबन्धक मणि लामिछाने लगायत पनि सम्मानित भएका छन् ।
पब्लिकेसन्सले गन्तव्य नेपाल नामक पर्यटनसँग सम्बन्धित पाक्षिक पत्रिका प्रकाशन गर्दै आएको छ । पब्लिकेशन्सका अध्यक्ष तथा सम्पादक शिव अधिकारी पर्यटन विकासमा योगदान पुर्याउनेहरुलाई प्रोत्साहनस्वरुप सम्मान गरिएको बताए ।
प्रतिक्रिया 4