Comments Add Comment

कलर्स मोबाइलको नयाँ सेट बजारमा

Colours-X28-star

११ भदौ, काठमाडौं । कलर्स मोबाइलले एक्स २८ स्टार नामक थ्रीजी मोबाइल  सेट बजारमा ल्याएको छ । ३.५ इन्चको आकर्षक एचभीजिए स्क्रिन भएको यो मोबाइलमा ओएस प्रविधिमा आधारित १.२ गिगाहर्ज ड्यूल कोर प्रोसेर रहेको छ ।

यसमा ४.२.२ एन्ड्रोइड अपरेटिङ सिष्टम प्रयो गरिएको छ । ५१२ एमबी प्लस २५६ एमबी र्‍याम, पछाडी २ मेगा पिक्सेल क्यामेरा, अगाडी ०.२ मेगापिक्सेल क्यामेरा, १२०० एमएएच क्षमताको ब्याट्री लगायतका फिचरहरु यस मोबाइलमा रहेका छन् ।

एक्स २६ स्टारको खरिदमा निःशुल्क रातो रङकको मोबाइल प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । नेपालमा कलर्स मोबाइलका २८ वटा सर्भिस सेन्टरहरु रहेका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment