Comments Add Comment

१ करोड ३१ लाख ६३ हजार ८ सय ५९ ‘कमेन्ट’ पाएर विश्व किर्तिमान

Luhan-main

किर्तिमान विभिन्न कारणले रहन्छ । एक जना पप गायकले सामाजिक संजालमा गरेको पोष्टमा सबैभन्दा बढि कमेन्ट आएकै कारण गिनिज बुकमा नाम लेखाउन सफल भएका छन् ।

पप ग्रुप इ एक्स ओ सँग सम्बन्धित चिनिया पप गायक लुहानले चिनिया सामाजिक संजाल वोइबोमा गरेको फुटबल सँग सम्बन्धित पोष्टमा १ करोड ३१ लाख ६३ हजार ८ सय ५९ कमेन्ट आएपछि गिनिज बुकले उनलाई किर्तिमानको प्रमाणपत्र प्रदान गरेको हो । उनले उक्त पोष्टमा भनेका थिए, ‘मैले यसकारण म्यानचेष्टर युनाइटेडलाई माया गर्छु ।’

सन् २०१२ को सेप्टेम्बर १० मा उनले वोइबोमा पहिलोपटक उक्त पोष्ट गरेका थिए । गत अगष्ट ५ मा उक्त पोष्टमा कमेन्ट संख्या १ करोड ३१ लाख ६३ हजार ५ सय ५९ पुगेको हो ।

अहिलेपनि यो पोष्टमा कमेन्ट आउने क्रम जारी नै छ र कमेन्टको संख्या १ करोड ३४ लाख पुगिसकेको छ ।

एक्जोका प्रमुख गायक रहेका लुहान हालै मिस ग्रानी फिल्म मार्फत फिल्ममा समेत अभिनय गर्न सुरु गरेका छन् ।

स्मरण रहोस् विश्वमा सबैभन्दा बढि इन्टरनेट प्रयोगकर्ता रहेको देशको किर्तिमान पनि चीनकै पोल्टामा छ । सन् २०१३ को अन्त्यसम्ममा चीनमा ६१ करोड ८० लाख मानिसले इन्टरनेट चलाउँथे । जुन कुल जनसंख्याको ४५.८ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment