+
+

तीज मनाएर घर फर्केकी रुपाको बाटैमा हत्या

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १३ गते १:५४

१३ भदौ, बागलुङ । माइतीमा तीज मानेर घर र्फकादै गरेकी एक महिलाको बागलुङमा हत्या भएको छ । बाग्लुङ नगरपालिका-५ बोक्से खाल्डामा बिहीबार साँझ मृत फेला उनको टाउको पछाडिको भागमा धारिलो हतियारले काटिएको प्रहरीले जनाएको छ

सिगाना-७ घर भई बिहुँ-१ सुल्डाँडामा होटल व्यवसाय गर्ने ३६ वर्षीया रुपा गौतम पर्वत पाङ गाविसस्थित माइतीघरमा तीज मानेर घर फर्कँदै थिइन् । जिल्ला प्रहरी कार्यालय बागलुङले उनको बिहीबार सााझ ५ बजेतिर हत्या भएको अनुमान गरेको छ ।

बीच सडकमै रगताम्य अवस्थ्ाामा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । टाउको पछाडिको भागमा धारिलो हतियारले लागेको गहिरो भएकाले शवको पोष्टमार्टम गरी अनुसन्धान अगाडि बढाएको प्रहरीको भनाइ छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?