Comments Add Comment

पहिरोले घर पुर्दा तीनको मृत्यु

कपिलदेव खनाल
१३ भदौ, नुवाकोट । अविरल वर्षासंगै आएको पहिरोले घर पुर्दा बेल्कोट गाउँ विकास समिति वडा नं. १ मा तीन जनाको मृत्यु भएको छ ।
वडा नं. १ को बगुवापाखामा घर पुर्दा २७ वर्षकी गंगा ढकाल, उनका छोराछोरी ५ वर्षका नविन ढकाल र २ वर्षकी गरिमा ढकालको मृत्यु भएको हो ।

बिहान करिव दुई बजेतिर घर पुरेको र उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
बेल्कोट गाविसका थुप्रै स्थानमा पहिरो गएको र स्थानीयहरु जोखिममा रहेको प्रहरी नायव उपरिक्षक अरुण पौडेलले जानकारी दिए ।

घटनास्थलको अवलोकन र थप पहिरो पिडितहरुको उद्धारका लागि नुवाकोटका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, प्रहरी प्रमुख प्रहरी नायक उपरिक्षक अरुण पौडेल लगायतका सरकारी अधिकृत अहिले घटनास्थल गएका हुन् ।

यस्तै गए रातीको पहिरोले पासाङ्ल्हामु राजमार्ग अन्र्गतको बेल्कोटको अमारेदेखि विदुर नगरपालिकाको तादीपुलसम्मको सडक क्षतविक्षत पारेको छ । साना ठूला गरेर २१ वटा पहिरो गएको छ । पहिरोका कारण नुवाकोट र रसुवाबाट काठमाडौँ जाने र काठमाडौँबाट यता आउने सवारी साधनहरु सञ्चालन हुन सकेका छैनन् ।

पहिरोकै कारणले नर्जामण्ढप गाउँ विकास समितिको वडा नंं ६ को दुई सय रोपनी धान खेत पुरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment