Comments Add Comment

पीडै पीडामा बिते बाढी पीडितका दिन (फोटो फिचरसहित )

Food victim  (17)

आरपी सुवेदी

१३ भदौ, नेपालगञ्ज । बाढी पहिरो पीडितका लागि राहत दिन प्रधानमन्त्री नेतृत्वको केन्द्रीय राहत कोषमा करीव एक अर्ब रुपैयाँ जम्मा भइसकेको छ ।
तर, बाँके र बर्दियाका बाढी प्रभावितले एकातिर पर्याप्त राहत पाउन सकेका छैनन् । अर्कोतिर बाढी प्रभावित मानव बस्ती भिजेको अनाज र लत्ता कपडा कुहेको कारण पुरै दुर्गन्धित छ ।

साउनको अन्तिम शुक्रबार विहान एक्कासी आएको बाढीले मध्यपश्चिमका ४० हजार घरहरु प्रत्यक्ष अप्रत्यक्ष प्रभावित भएको थिए । बाढीको भौतिक क्षति अपुरणीय छ । तर, पनि मानवलाई तत्काल अत्यावश्यक खानेकुरा र ओत लाग्ने त्रिपाल, पानी शुद्धिकरण गर्ने औषधी कहि पुगेको छ भने कहि पुगेको छैन ।

Food victim  (18)

बर्दिया पद्नाह-७ घोरपिटाका ५१ वर्षीय परदेशी थारुले आफ्नो भएको सबै बाढीले बगाएको बताए । उनले कतैबाट पनि कुनै राहत नपाएको गुनासो गर्दै भने-‘हेर्नुस न मेरो सबै लग्यो कतैबाट पनि केही पाएको छैन ।

मंगरागाढी-२ जयपुरका लक्ष्मण पाण्डेले आफ्नो घर बगाउँदा घरमा भएको अन्नपात र बाहिर गोठमा बाँधेका गाई गोरु भैसी बगाएको बताए । उनले ५ घण्टासम्म घरको पिल्लर समातेर बाँचेको आफ्ना छोराछोरी र श्रीमतीले अर्को जुनी नै पाएको उनी बताउछन् ।

उनले कतैबाट पनि राहतको नाममा केही नपाएको बताए । उनले भने-‘कोही आएकै छैन । घरमा केही छैन, सबै बगायो । अहिले आफन्तको घरमा आश्रय लिएर बसेका छौं ।’

यसैगरी बाँके फत्तेपुर ढलैयाका विशराम थारुले आक्रोशित मुद्रामा भने-‘चारै तिर पानी पानी थियो, छिमेकीमा बाढीको पानीले गर्दा घर भत्केर एक महिलाको मृत्यु भयो । दुई दिनसम्म शवलाई शदगत गर्न पाईएन । हामीलाई अव राहत भन्दा पनि सुरक्षित बास चाहियो ।’

Food victim  (3)

फत्तेपुर-८ लक्ष्मीराजपुरका चैनु चौधरीले बाढीले घर भत्काएपछि आफुसहित २७ जनाको परिवार तीन दिनसम्म त खुला आकाशमा नै विताएपछि बाध्य भएर आफुले दुई हजार ५ सयका दरले दुईथान त्रिपाल ल्याएर गुजारा चलाउदै आएको जानकारी दिए ।

फत्तेपुर-७ का गोटिया थारुको १९ जनाको परिवारले १० किलो र उनका छिमेकी गोविन्द थापाको ४ जनाको परिवारले ८ किलो राहतको चामल पाएको बताए ।

badile bhijaya ko ghar safa gardai

Food victim  (10)

Food victim  (11)

Food victim  (12)

Food victim  (13)

Food victim  (14)

Food victim  (15)

Food victim  (16)

Food victim  (22)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment