
एप्पलको बहुप्रतिक्षित आइफोन-६ सेप्टेम्बर ९ तारिखमा सार्वजनिक हुने लगभग पक्कापक्की भएको छ ।
हरेक साल सेप्टेम्बरमा नयाा उत्पादन सार्वजनिक गर्दै आएको एप्पलले आइफोन-६ सेरिजका दुई फोन सार्वजनिक गर्ने तयारी गरिरहेको छ ।
क्यालिफोर्नियाको कपर्टिनोस्थित फि्लन्ट सेन्टरमा हुने नयाँ प्रडक्ट लञ्च समारोहमा उपस्थित हुन एप्पलले विहीबार अन्तराष्ट्रिय संचारमाध्यमहरुलाई निम्तो पठाएको छ ।
एप्पलले उक्त समारोहमा ‘आइफोन-६’ सार्वजनिक हुने औपचारिक रुपमा जानकारी नगराएको भएपनि नयाँ प्रडक्ट भनेको आइफोन सिक्स नै रहेको ठहर गरिएको छ ।
एप्पलले उक्त समारोहमा आफ्नो पहिलो स्मार्टवाच आइ वाच समेत सार्वजनिक गरी सबैलाई आश्चर्यमा पार्नसक्ने कतिपयको विश्लेषण छ ।
एप्पलले दुर्इ फरक-फरक आइफोन एकैपटक सार्वजनिक गर्ने बताइएको छ । त्यसमा एउटा ४.७ इन्च र अर्को ५.५ इन्चको रहने बिजनेस इन्साइडरले जनाएको छ ।
अझ आइवाच झनै ठूलो आश्चर्य हुनेछ । आइ वाच विशेष रुपमा प्रयोगकर्ताको स्वास्थ्य तथा फिटनेसमै केन्द्रि रहने विश्वास गरिएको छ ।
यो पनि पढ्नुहोस् : आइफोन जस्तै सामसुङको ‘ग्यालेक्सी अल्फा’ आउँदै
