Comments Add Comment

‘स्टूपिड मन’ ‘छविको ‘लज्जा’सँग जुध्ने

jiwan-luitel-and-chadani-sh
बाहिरी रुपमा चलचित्र ‘स्टूपिड मन’को प्रदर्शन मितिको बारेमा अन्यौला देखिएपनि भित्री रुपमा भने सार्ने निर्णय भएको वुझिएको छ । चलचित्रको प्रदर्शन मिति कात्तिक ७ मा तोकिने पक्का जस्तै देखिएको छ । तर निर्माता विवेक शाहीले भने अहिले नै सरीहालेको भन्न नमिल्ने बताए । उनले केही दिनमा नै पत्रकार सम्मेलन गरेर घोषणा गर्ने जनाएका छन् ।

भाद्र २० गतेबाट प्रदर्शनमा आउने भनिएको यो सिनेमाको निर्माणपक्षले ‘कोहिनुर’ हेर्ने दर्शक नघट्दा सिनेमालाई असर पर्ने वुझेको हो । जसका कारण पनि चलचित्रको प्रदर्शन मिति पछि जाने हल्ला लामो समयदेखि बजारमा चलेको थियो ।

निर्माता छविराज ओझाले चलचित्र ‘स्टूपिड मन’ कात्तिक ७ मा आउने भएपछि विभिन्न हलमा एक निवेदन दिएका छन् । उनले आफूले लामो समयदेखि सिने नगरीमा फिल्म निर्माण गर्दै आएकाले एकल प्रदर्शन गर्न पाउनु पर्ने भन्दै पत्र लेखेको अनलाइनखबरलाई जानकारी दिएका छन् । छविले आफ्नो चलचित्र लज्जाका लागि लामो समयदेखि प्रदर्शन मिति काात्तिक ७ लाईर्  तय गरेेका थिए । आर्यन सिग्देल र शिल्पा पोख्रेलको ‘लज्जासाग जीवन लूइटेल, निरज बरालको स्टूपिड मनको भिडन्त हुन लागेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment