Comments Add Comment

कृषिमा इजरायली लगानी भित्राउन विनोद चौधरीको आग्रह

Binod-Chudhary-and-Israeli-Ambesdar
चाैधरी ग्रुपका अध्यक्ष विनाेद चाैधरी र इजरायली राजदूत यारोन मायेर अापसमा कुराकानी गर्दै

१५ भदौ, काठमडौं । नेपालको प्रतिष्ठित औद्योगिक घराना चौधरी गु्रपका अध्यक्ष विनोद चौधरीले इजरायली लगानीकर्तालाई नेपालको कृषि क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

आइतबार ग्रुपको अवलोकनका गर्न पुगेका नेपालका लागि इजरायली राजदूत यारोन मायेरसँंग चौधरीले यस्तो आग्रह गरेका हुन् ।

नेपालको दुई तिहाई जनसंख्या कृषिमा संलग्न रहेपनि व्यवसायिक कृषिमा नेपाल अघि बढ्न नसकेकाले व्यवसायिक कृषिको इजरायली विशेषज्ञता नेपाललाई आवश्यक रहेको चौधरीले बताए ।

‘नेपालको कृषि क्षेत्रको रुपान्तरणका लागि नेपालको जागरुक जनशक्ति र इजरायलको विशेषज्ञता निकै प्रभावकारी सावित हुन सक्छ, हामीबीच सहकार्यको आवश्यकता छ’ उनले भने ।

सो अवसरमा राजदूत मायेरले नेपालको कृषिलगायतका विभन्न क्षेत्रमा लगानी विस्तारका लागि इजरायली लगानीकर्तालाई प्रोत्साहन गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment