तिहारको अवसर पारेर प्रदर्शनमा आउन लागेको चलचित्र ‘ह्याप्पी न्यू इयर’को टिम यतिबेला केही जोखिममा देखिएको छ । बलिउडका सुपरस्टार नायक साहरुख खानले निर्माण गरेको यो सिनेमालाई फराहा खानले निर्देशन गरेकी हुन् ।
चलचित्रका नायक समेत रहेका साहरुखलाई केही समयअघि अन्डरवल्र्डको धम्की आएको थियो । अन्डरवल्र्डका रवि पुजारीले साहरुखलाई धम्की दिएपछि उनको घरमा उच्च सुरक्षा प्रदान गरिएको थियो ।
अब सिनेमाकै अर्का कलाकार बोमन ईरानीलाई पनि अन्डरवल्र्डले धम्की दिएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । बोमनलाई धम्की आएलगतै उनको घरको सुरक्षा पनि बढाइएको छ ।
मुम्बई प्रहरीका एक उच्च अधिकारीले धम्कीको पुष्टी गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4