+
+
Shares

पीटीएका लागि भारतसँग वार्ता गर्न उर्जा सचिवको नेतृत्वमा टोली गठन

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ १७ गते १३:०३

१७ भदौ, काठमाडौं । उर्जा व्यापार सम्झौता (पीटीए)का लागि भारतसँग वार्ता गर्न सरकारले उर्जासचिवको संयोजकत्वमा समिति गठन गरेको छ ।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उर्जासचिव राजेन्द्रकिशोर क्षेत्रीको संयोजकत्वमा समिति बनाएको हो । टोली भोलि नै भारत जानेछ ।

यसअघि भारतले प्रस्ताव गरेको विद्युत व्यापार सम्झौता प्रस्तावको चर्को आलोचना भएको थियो । जलश्रोतमा एकाधिकार कायम गर्ने गरी सम्झौताको प्रस्ताव आएको भन्दै विरोध भएपछि सरकार पछि हटेको थियो ।

तर, सरकारले पठाएको विद्युत व्यापार सम्झौताको प्रस्तावको जवाफ भारतले दिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?