Comments Add Comment

आज मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस

१८ भदौ, काठमाडौं । मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । यो दिवसलाई आगामी २४ गतेसम्म मनाइने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ ।

माइती नेपाललगायतका महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयुक्त आयोजनामा हुने कार्यक्रममा बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरिने मन्त्रालयका उपसचिव सुनिता नेपालले जानकारी दिइन् ।

मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो ।

मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, उक्त ऐन तथा नियमावलीको उचित कार्यान्वयन नुहँदा महिला बेचबिखन विरुद्धको काम पूर्ण रुपमा सफल हुन सकेको छैन् ।

महिला बेचबिखन हुन नदिन तथा बेचबिखनमा परेको चेलीलाई उद्धार गर्न सरकारले आठ पुनःस्थापना केन्द्रको स्थापना गरेको छ । हाल केन्द्रमा ७ सय ४० महिला छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment