Comments Add Comment

दुर्इ डलरमा भर्चुअल गर्लफ्रेण्ड

tobato
चीनको अग्रणी अनलाइन सपिङ वेबसाइट ताओबाओले पुरुष प्रयोगकर्ताहरुलाई सस्तोमा भर्चुअल गर्लफ्रेण्डको सेवा उपलब्ध गराउने भएको छ ।
उसले कम्तिमा २ डलरमा एक दिनभरको लागि गर्लफ्रेण्डको सामिप्यता प्रदान गर्नेछ ।

यस्तो गर्लफ्रेण्ड सेवा अन्तरगत एकजना जागिरेलाई भाडामा लिइन्छ जसले ग्राहकलाई बिहानमा उठाउन तथा साँझमा गुड नाइट भन्ने देखि लिएर दिउसो उसका गुनासा सुन्ने र सहानुभुति दिनका लागि फोन तथा टेक्स्ट म्यासेज गर्ने काम गर्नेछिन् ।

‘एकल पुरुषको सपना साकार पार्नका लागि तपाइँले अब केवल २० देखि ३० युआन खर्च गरे पुग्नेछ’, एकजना ग्राहकले खुसी हुँदै भनेका छन् ।
यस्तो सेवा केवल गर्लफ्रेण्डमा मात्र सिमित हुनेछैन । भर्चुअल ब्वायफ्रेण्डको सेवा पनि उपलब्ध गराइनेछ । यस्ता ब्वायफ्रेण्ड समेत छानी छानी बनाउन सकिनेछ, जस्तै औपचारिक पोषाकधारी, प्रमुख कार्यकारी, सुन्दर वा सजिलो मान्छे ।

यसरी कसैको भर्चुअल गर्लफ्रेण्ड हुन निकै अप्ठेरो हुने अनुभव एकजना भाडाकी भर्चुअल गर्लफ्रेण्ड जिओमीको छ ।
आफुले बिहानै ग्राहकलाई उठाउनुपर्दा रातमा मज्जाले सुत्न नपाएको र जतिखेर पनि ग्राहकको फोन आउनसक्ने कारणले मोबाइलमै आँखा गाड्नुपरेको बताउँछिन् उनी ।

भर्चुअल गर्लफ्रेण्ड खरीद गर्नेको संख्या बढ्दै गएको बताइएको छ । अहिलेसम्म धेरैले सुरुमा एक दिनका लागि मात्र भएपनि गर्लफ्रेण्डको स्वाद लिउँ भन्ने चाहना व्यक्त गरेका छन् र पछिल्लो समयमा यसको बजार बढ्दैछ ।
स्मरण रहोस् ताओबाओमा ड्रोन देखि लिएर जिउँदा बिच्छी तथा मानिसको दुधबाट बनेको साबुन समेत बिक्रि गरिन्छ । अहिले सुरु गरिएको भर्चुअल पार्टनरको व्यापार पनि ताओबाओका राखिएका १० असामान्य वस्तुको व्यापार मध्ये एक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment