Comments Add Comment

तमरा अभियानको राष्ट्रिय परिषद बैठक कात्तिकमा

१८ भदौ काठमाडौं । तराई मधेस राष्ट्रिय अभियानले राष्ट्रिय परिषद कात्तिकमा सरेको छ । राष्ट्रिय परिषदको बैठक कार्तिक २१ र २२ गते रौतहटको गरुडा बजारमा गर्ने निर्णय भएको संयोजक जय प्रकाश गुप्ताले जनाकारी दिए ।

यसअघि असोज ३ र ४ गते ह्ुने भनिएको थियो । मधेसका जिल्लाहरुमा आएको बाढीका कारण आवागमन अवरुद्ध भएको तथा तयारी हुन नसक्ने भएकाले बैठक सारिएको अभियानले जनाएको छ ।

राष्ट्रिय परिषदले भावी मधेस आन्दोलनको दिशा निर्धारण गर्ने गुप्ताले जनाकारी दिए । तराई मधेस राष्ट्रिय अभियानका संयोजक गुप्ताले संविधानसभाबाट मधेसी जनताको अपेक्षा अनुरुप संविधान बन्न नसक्ने बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment