Comments Add Comment

भदौ २१ लाई हाउगुजी नबनाउन बाबुरामको आग्रह

१८ भदौ, काठमाडौं । संवैधानिक राजनीतिक सम्वाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्राईले भदौ २१ लाई हाउगुजी बनाएर प्रस्तुत नगर्न आग्रह गरेका छन् । २१ भित्रमा नयाँ संविधानका विवादित विषयमा सहमति नहुँदा पहाडै नखस्ने भन्द्यै उनले भदौ २१ लाई जेठ १४ को रुपमा नलिन आग्रह गरे ।

फाइल फोटो
फाइल फोटो

रिपोर्टर्स क्लब नेपालको ज्ञापन पत्र बुझ्दै एमाओवादी नेता समेत रहेका भट्टराईले भदौ २१ पहिलो संविधानसभाको जस्तो जेठ १४ र अहिलेको माघ ८ को जस्तो अवस्था नभएको बताए । उनले भने भने-‘हामी भदौ २१ गतेभित्रै सहमती गर्न प्रयत्नसिाल छौं । वार्ताहरु सकारात्मक रुपमा बढेको छ, दलहरुका वीच भोली निर्णायक वार्ता हुँदैछ ।’

शासकीय स्वरुप, राज्यको पुनःसंरचना लगायतका जटिल विवादमा मध्यमार्गी बाटो खोज्ने गरि प्रयास भइरहेको भन्दै उनले ५ देखि १४ को विचमा प्रदेश हुने गरी संघीयतामा सहमति जुट्ने विश्वास ब्यक्त गरे । संघीयता मुलुक ठूलो भएर टुक्राउन नभइ जनतालाई अधिकार दिन, पहिचान दिन भएको भन्दै सभापति भट्टराईले यसलाई त्यसै रुपमा बुझेर अघि बढे सहज रुपमा सहमति हुने विश्वास ब्यक्त गरे ।

शासकीय स्वरुपमा प्रत्यक्ष निर्वाचित राष्ट्रपति, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र सुधारिएको संसदीय व्यवस्था र संसदबाटै प्रधानमन्त्री निर्वाचित गर्ने प्रणाली गरी तीन विकल्पमा छलफल भइरहेको उनले बताए ।

भट्टराईले अहिले नै संविधान बन्दैन नबनाउने भए भन्दै आशंका गरेर नेतृत्वविरुद्ध नउत्रन आग्रह समेत गरेका छन् । उनले भने-‘अहिलेे नै दलहरुको आलोचना गर्नुहुँदैन । दलहरुको आलोचना गर्दा संविधान निर्माणका कामहरु प्रभावित बन्ने खतरा छ ।’

बैद्य माओवादीलाई माइनस गरेर अघि बढ्न सक्ने भन्दै उनले संविधानसभालाई असर नपर्ने गरी अघि बढ्नु पर्ने बताए । ८ बुँदे प्रस्ताव सकारात्मक रहेको भन्दै उनले भदौ २१ गते अघि सहमति हुन नसके त्यसपछि पनि सहमति गरेर अघि बढ्न सक्ने तर्क गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment