मुम्बई । अभिनेता शाहरुख खान सर्वाधिक धनी भारतीय नागरिकको सूचीमा परेका छन् ।
सम्पति अनुसन्धान फर्म ‘वेल्थ एक्स’ ले गरेको सर्वेक्षणमा अभिनेता खान पहिलोपटक धनी भारतीयको सूचीमा पर्न सफल भएका हुन् ।
उनको सम्पत्ति ३ हजार ६ सय ६० करोड अर्थात् ३६ अर्ब ६० करोड रुपैयाँ रहेको जनाइएको छ । सूचीमा पर्ने उनी एक्लो अभिनेता हुन् ।
सूचीको पहिलो नम्बरमा ब्यबसायी मुकेश अम्बानी छन् भने दोस्रो नम्बरमा लक्ष्मी मित्तल छन् । फिल्म निर्माण कम्पनी रेड चिल्लीज इन्टरटेनमेन्टका मालिक शाहरुखले अन्य केही कम्पनीमा पनि लगानी गरेका छन् ।
अभिनयको अतिरिक्त फिल्म निर्माणमा समेत सक्रिय शाहरुखलाई केही दिन अघि मात्रै अण्डरवल्ड गिरोहले धम्की दिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4