Comments Add Comment

मृगौला फेल भएकी तारालाई कतारबाट सहयोग

१९ भदौ, काठमाडौं । दुइवटै मृगौला फेल भएकी पाँचथरकी २२ बषिर्या तारा नेम्वाङको उपचारका लागि कतारमा कार्यरत नेपालीहरुले आर्थिक संकलन गरी सहयोग गरेका छन् ।

पाँचथर सेवा समाज कतारले ताराको उपचारार्थ एक लाख ५० हजार ३ सय ५ रुपैयाँ बिरामी ताराको बुबा निलकुमार नेम्वाङलाई बिहीबार हस्तान्तरण गरेको छ । पाँचथर रानिटार ४ की ताराको दुवै मृगौलाले काम गर्न छोडेपछि उपचारको अभावमा छटपटाईरहेकी छन् ।

पाँचथरमा जन्मिएर कतारमा कार्यरत नेपालीले जुटाएको रकम पाँचथर काठमाडौं सम्पर्क मञ्चमा आयोजित कार्यक्रममा पाँचथरका सभासद् गणेश काम्वाङ र पाँचथर सेवा समाज कतारका पूर्व सचिव टीकाचन्द्र खत्रीले संयुक्तरुपमा हस्तान्तरण गरेका हुन् ।

‘छोरीको दुईटै मृगौलाले सत् प्रतिशत काम गर्न छोडेको हुँदा पनि विभिन्न ठाउँबाट सहयोग जुट्दा बचाउने आशा पलाएको छ, सहयोग रकम लिँदै ताराका बुबाले भावुक हुँदै भने-‘कसैलाई पनि यस्तो रोग नलागोस् ।’ ताराका बुवा निलकुमारले सहयोगीप्रति आजीवन ऋणी भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment