Comments Add Comment

युक्रेनी युद्धविरामका लागि वार्ता मिन्स्कमा आरम्भ

२० भदौ, मिन्स्क । युक्रेन, रसिया तथा रसिया समर्थक विद्रोहीहरूबीच मिन्स्कमा शुक्रबार वार्ता आरम्भ भएको छ ।

युक्रेनको पूर्वी भागमा पाँच महिनादेखि जारी युद्धका कारण रसिया तथा पश्चिमी मुलुकबीच सम्बन्ध बिग्रिएको छ । मिन्स्कमा बेलारसियन एक अधिकारीले वार्ता आरम्भ भएको पुष्टि गरे । यस वार्तामा युरोपमा सुरक्षा तथा सहयोगका लागि सङ्गठनका प्रतिनिधि पनि समावेश भएका छन् ।

युक्रेनका प्रतिनिधि तथा पूर्व राष्ट्रपति लियोनिद कुच्माले आफूहरू शान्तिका लागि आएको बताए । मिन्स्कमा रसियाली दूत अलेक्जान्डर सुरिकोभले यस समूहबीच केही सहमति हुने आशा गरिएको बताए ।

कन्ट्याक्ट ग्रुपमा रसियाली प्रतिनिधि युक्रेनका लागि रसियाली दूत मिखाइल जुराबोभले कुनै दस्तावेजमा हस्ताक्षर हुने आफूले अपेक्षा गरेको बताए । रासस/एएफपी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment