२१ भदौ, काठमाडौं । नेपाल रेडक्रस सोसाइटी भक्तपुर शाखाले प्राकृतिक प्रकोपबाट बच्नेबारे सचेतना मूलक सडक नाटक प्रदर्शन गरेको छ ।
जिल्ला शाखाले लोकन्थलीमा नाटक प्रदर्शन गरेको हो । शनिबार बिहान प्रदर्शन गरिएको उक्त नाटकमा बाढीपहिरो, भूकम्प तथा अन्य प्राकृतिक प्रकोपबाट बच्न अपनाउनुपर्ने भूमिकाका बारेमा जानकारी गराइएको थियो ।
सडकनाटकमा अभिनय गर्ने कलाकारहरुले आफ्नो कलाको माध्यमबाट विपत्ति आएको बेला नआत्ति सहजताका साथ सही निर्णय लिए मात्र आफ्नो सुरक्षा हुने सन्देश दिएका थिए ।
भूकम्पबाट बच्च घर निर्माणदेखि नै सजक भएर भूकम्प निरोधक घर बनाउन र भूकम्प आएको बेलामा खुुल्ला ठाउँमा गएर बस्नुपर्ने, जताततै कुद्न नहुनेलगायतका विषयमा जानकारी गराएका थिए ।
त्यस्तै कलाकारहरुले अभिनयमार्फत विपत्तिमा परेकाहरुलाई आफूले सकेको सहयोग प्रदान गरी राहत महशुस गराउनुपर्ने बताएका थिए ।
प्रतिक्रिया 4