+
+
Shares

पृथ्वीनारायण शाहले गरेको एकीकरण सकारात्मक थियोः गोपाल किराती

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २१ गते १२:२५

gopal-kirati
२१ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका नेता गोपाल किरातीले पृथ्वीनारायण शाहले गरेको नेपाल एकीकरण सकारात्मक रहेको बताएका छन् ।

पार्टी मुख्यालय कोटेश्वर पेरिसडाँडामा संयुक्त राष्ट्रिय मोर्चाको संर्घषका कार्यक्रमको घोषणा गर्दै किरातीले पृथ्वीनारायण शाहले त्यतिबेला गरेको एकीकरण सकारात्मक र राम्रो भएको बताएका हुन् ।

‘पृथ्वीनारायण शाहको एकीकरणलाई हामीले सकारात्मक रुपमा लिन्छौं । तर, जातीय, क्षेत्रीय विविधतालाई सम्बोधन भएन,’ किरातीले भने-‘त्यो सामन्तवादीकरण थियो । अब नयाँ ढंगले राष्ट्रिय एकीकरण गर्नुपर्छ ।’

साथै किरातीको नेतृत्वमा रहेको मोर्चाले पहिचानसहितको संविधान जारी गर्नुपर्ने दाबी गर्दै जारी नभए आन्दोलन गर्ने घोषणा गरेको छ ।
माओवादी आवद्ध विभिन्न ३५ जातीय मोर्चासम्मिलित उक्त मोर्चाले राष्ट्रिय एकीकरणको पक्षमा देशव्यापी जनप्रदर्शन गर्ने भएको छ । त्यस्तै मोर्चाले पहिचानसहितको संविधान निर्माण गर्न दबाब स्वरुप कांग्रेस, एमालेलगायतका दललाई विरोध पत्र दिने, घेराउ गर्ने लागयतका कार्यक्रम सार्वजनिक गरेको छ ।

नयाँ संविधान पहिचानसहितको नबने आगामी माघ ९ र १० गते देशभर आम हड्ताल गर्ने मोर्चाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?