Comments Add Comment

आर्यन र गरिमा उत्कृष्ट नायक-नायिका (फोटो फिचरसहित)

garima-panta
‘एनएफडीसी दोश्रो राष्ट्रिय चलचित्र पुरस्कार २०७०’ काठमाण्डौको आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको छ । विभिन्न २० विधामा पुरस्कार प्रदान गर्दै अवार्ड सम्पन्न भएको हो । यसबर्षको उत्कृष्ट नायकको अवार्ड आर्यन सिग्देलले चलचित्र ‘महशुश’बाट प्राप्त गरे । यस्तै चलचित्र ‘झोला’बाट अभिनेत्री गरिमा पन्तले सर्वोत्कृष्टताको पुरस्कार जितिन् ।aaryan-sigdel

श्रीलंकाका मन्त्री गोविन्दा नायके र आपूर्तीमन्त्री सुनिल थापाले कार्यक्रमको उद्घाटन गरेका थिए । विभिन्न चर्चित कलाकर्मीको नामबाट अवार्ड वितरण गरिएको थियो । समारोहमा स्वर्गिय नायक श्रीकृष्ण श्रेष्ठलाई श्रद्धाञ्जली दिदै उनले अभिनय गरेका चलचित्रका गीतमा कलाकारले नृत्य गरे । नायक दीलिप रायमाझीलाई नायिकाहरु केकी अधिकारी, रिस्ता बस्नेत, सुष्मा कार्की, एनी कुँवर, निता पोख्रेलले साथ दिएका थिए ।

यस्तै नायक यशराजले दुई सुन्दरी नम्रता सापकोटा र पवित्रा आचार्यसँग ‘मेरो लाहुरे आउछ रे’ र ‘मात लाग्यो’ बोलको गीतमा नृत्य गरेका थिए । नरेन्द्र वीर सिंहको टिमको नृत्य आकर्षक थियो । कलाकार रोहित रुम्बाले कलाकारद्धय अनु शाह र अशिष्मा नकर्मीसँग ‘गाला रात्तै’ र ‘ढिच्याउँ’ बोलको गीतमा जोडी वाधेका थिए । नायिका करिश्मा मानन्धर र नायक रमेश उप्रेतीले स्टेजमा आकर्षक प्रस्तुती राखेका थिए । कार्यक्रममा उत्कृष्ट निर्देशकलाई १ लाख र अन्य विधाका विजयीलाई जनही ५१ हजार नगद पुरस्कार पनि प्रदान गरिएको थियो ।

विभिन्न २० विधामा अवार्ड प्राप्त गर्ने चलचित्रकर्मीको नाम यसप्रकार छ :

१.प्रदिप सर्वोत्कृष्ट ध्वनी पूनः मुद्रण : अमित श्रेष्ठ (मञ्जरी)
२.भुटानी सर्वोत्कृष्ट द्वन्द्व निर्देशन : राजेन्द्र खड्गी (नोथिङ इम्पोसिबल)
३.मञ्जु सर्वोत्कृष्ट छायांकार: पुरुषोत्तम प्रधान (नाई नभन्नु ल २)
४.तुलसी सर्वोत्कृष्ट सम्पादन : बद्री लामिछाने (महशुश)
५.शुभ सर्वोत्कृष्ट पाश्र्व संगीत : एलिस कार्की (छ एकान छ)

basanta-sapkota kabirja-gahatraj
६.बसन्त सर्वोत्कृष्ट नृत्य निर्देशन : कविराज गहतराज (स्लोली स्लोली, काली)
७.उदित सर्वोत्कृष्ट पाश्र्व गायन : प्रेम परियार (यी आँखामा, नाई नभन्नु ल २)
८.शम्भुजित सर्वोत्कृष्ट संगीतकार : बसन्त सापकोटा-यी आँखामा, नाई नभन्नु ल २)
९.चैत्य नव नायिका : सुजाता कोइराला (मञ्जरी)
१०.विश्व सर्वोत्कृष्ट नव नायक : गौरब पहारी (मञ्जरी)
११.बसुन्धरा सर्वोत्कृष्ट सह अभिनेत्री : लक्ष्मी गिरी (झोला)
१२. निर सर्वोत्कृष्ट सह अभिनेता : रमेश वुढाथोकी (राजनीति)
१३.पुष्कर सर्वोत्कृष्ट पत्रकारिता पुरस्कार : शान्तीप्रिय
१४.कुसुमे रुमाल सर्वोत्कृष्ट व्यवसायीक चलचित्र : नाई नभन्नु ल २
१५.मह जुरी सर्वोत्कृष्ट चलचित्र : प्रविण श्रेष्ठ र सुनिल मानन्धर (मोक्ष)
१६.चेतन सर्वोत्कृष्ट लेखन : अर्पण थापा (मौन)
१७. भूवन सर्वोत्कृष्ट अभिनेत्री : गरिमा पन्त (झोला)
१८.शिव सर्वोत्कृष्ट अभिनेता : आर्यन सिग्देल (महशुश)
१९.हिरा सर्वोत्कृष्ट चलचित्र : झोला (मिडिया फर कल्चर प्राली र झोला इन्टरनेशनल)
२०.प्रकाश सर्वोत्कृष्ट निर्देशक : यादव भट्टराई (झोला)

ramesh-and-karisma-danceanu-shah ashisma-dane

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment