+
+
Shares

म खानहरुको प्रतिस्पर्धी होईनः प्रियंका

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २२ गते १०:२१

Priyanka-Chopra-Mary-Komमुम्बइ । ‘म असाध्यै गौरवान्वित छु । मेरी कोम जस्ती च्याम्पियनको रोल निभाउन पाएकोमा । यसपछि मैले जिम्मेवारी बढेको पनि महसुस् गरेकी छु ।’ अन्तराष्ट्रिय समाचार संस्था बीबीसीसंग कुरा गर्दै प्रियंका चोपडाले भनिन् ।

पाँच वर्ष विश्व च्याम्पीयन महिला मुक्केवाज र ओलम्पिकमा कास्य पदक जितेकी एमसी मेरी कोम माथी बनेको फिल्म ‘मेरी कोम’ शुक्रवारदेखि रिलिज सुरु भएको छ ।

फिल्मले बक्स अफिसमा कमाल गर्छ जस्तो लागेको छैन उनलाई । ‘म बक्स अफिसको कुरालाई लिएर त्यति धेरै उत्साहित छैन । तर, मेरी कोमको भूमीका माथि न्याय गर्न सकें भने पुग्छ ।’ उनले भनिन् ।

क्वीन, मर्दानी, मेरी कोम जस्ता हिरोईन केन्दि्रत फिल्म आउन थालेपछि तीन खानको प्रतिस्पर्धीका रुपमा बलिउड अभिनेत्रीहरु आउन लागेको हो कि भन्ने प्रश्न पनि उठेको छ ।

तर, पि्रयंकाले आफु तीन खानको प्रतिस्पर्धी कहिल्यै नहुने बताईन् । ‘तीन खानहरु पछिल्लो २० वर्षदेखि सुपरस्टार छन् म कहिल्यै उनीहरुको प्रतिस्पर्धी होईन, प्रसंसक चाहिँ हुँ ।’ उनले भनिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?