पूर्व पोर्न स्टार सन्नी लियोनले अब बलिउड अभिनेता तुषार कपुरसंग मस्ती गर्ने भएकी छिन् । तर, उनिहरुको मस्ती सिनेमामा सिमित रहने छ । तुषारकै दिदी एकता कपुरले निर्माण गर्ने फिल्म ‘मस्तीजादे’ मा सन्नीले नायिकाको भुमिका निर्वाह गर्ने भएकी छिन् भने नायक रहनेछन् तुषार ।
सेक्स कमेडी जेनरमा निर्माण हुने यस फिल्ममा सन्नीले दोहोरो भुमिका निर्वाह गर्ने भएकी छिन् । यसको निर्देशन मिलाप जावेरीले गर्ने भएका छन् । जावेरीले एक भिलेन र ग्राण्ड मस्तीको पटकथा लेखेका थिए ।
एकताको फिल्ममा अनुबन्ध भएको कुरा सन्नीले ट्वीटर मार्फत सार्वजनिक गर्दै भनेकी छिन् ‘भगवान मलाई नयाँ फिल्मका लागि आर्शिवाद देउ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4