Comments Add Comment

ओली र महतको अभिव्यक्तिप्रति प्रचण्ड मोर्चाको आपत्ति

२४ भदौ, काठमाडौं । संघीयतालाई थाती राखेर संविधान घोषणा गर्नु उचित हुने अर्थमन्त्री रामशरण महतले दिएको अभिव्यक्तिप्रति प्रचण्ड नेतृत्वको संघीय गणतान्त्रिक मोर्चाले आपत्ति जनाएको छ ।

एमालेका अध्यक्ष केपी ओलीले मधेसी, जनजाति र पहिचानको विरुद्ध देश बाहिर गएर अभिव्यक्ति दिनु गैरजिम्मेवार र जनविरोधी भएको मोर्चाको ठहर छ ।

मोर्चामा आवद्ध सात दलका अध्यक्षद्वारा जारी विज्ञप्तिमा भनिएको छ-‘यी विचार कांग्रेस, एमाले र सरकार समेतको हो कि भन्ने गम्भीर प्रश्न खडाएको छ । यस सम्वन्धमा आफ्नो स्थिति प्रष्ट पार्न माग गर्छौं ।’

अन्यथा यसबारे उत्पन्न हुने परिस्थितिको जिम्मवार तीनै पक्ष हुने विज्ञप्तिमा चेतावनी दिइएको छ ।

भारत भ्रमणमा रहेका अर्थमन्त्री महतले संघीयतामा सहमति हुन नसके यो विषयलाई थाँती राखेर संविधान जारी गर्नु पर्ने बताएका थिए ।

Prachanda-morcha

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment