Comments Add Comment

पहिरोमा अलपत्र परेका ९० यात्रुको उद्धार

२५ भदौ, नुवाकोट । नुवाकोटको मदानपुर गाँउ विकास समितिको वडा नम्बर ९ अधेँरी खोला आसपासमा पहिरोजाँदा बीच बाटोमा अलपत्र परेका ९० जना यात्रुहरुको नुवाकोट प्रहरीले उद्धार गरेको छ ।

अधेँरी खोलाको दुई तिरबाट पहिरो बगेपछि अलपत्र परेका यात्रुहरुको प्रहरी चौकी ककनी, प्रहरी चौकी तादी पुल र जिल्ला प्रहरी कार्यालय नुवाकोटबाट गएको प्रहरी टोलीले करिब ९० जना यात्रुको डोरीले तानेर उद्धार गरेको हो ।

अबिरल वर्षासँगै दुई तिरबाट गएको पहिरोले काठमाडौबाट नुवाकोट आउदै तथा नुवाकोटबाट काठमाडौ जादै गरेका यात्रुहरुको पहिरोको बीचमा नै कोलाहाल चलेको थियो ।

दुई तिरबाट पहिरो गएपछि दुई वटा बस, तीन वटा माइक्रो, ९ वटा मोटरसाईकल एक वटा जिपमा रहेका करिब ९० जना यात्रुको प्रहरीले पहिरोबोबीच प्रहरीले उद्धार गरेको नुवाकोटका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक प्रकाशराज शर्माले जानकारी दिए ।

परिरहेको पानी र दुई तिरबाट बगिरहेको पहिरोको बीचमा पुगेर नुवाकोट प्रहरीले डोरीले बाँधेर यात्रुहरुको उद्धार गरेको निमित्त प्रहरी प्रमुख शर्माले जानकारी दिए ।

पासाङ ल्यामु राजमार्ग अवरुद्ध

पहिरोको कारण अबरुद्ध भएको पासाङ ल्यामु राजमार्ग सुचारु भएको हुन सकेको छैन् । पासाङ ल्यामु राजमार्ग सुचारु हुन अझै केही समय लाग्ने भएकाले आवत-जावतको लागि बैकल्पिक सडक प्रयोग गर्न नुवाकोट प्रहरीले आग्रह गरेको छ । अधेरी खोलाको दुईतिर अहिले पनि पहिरो बगिरहेकाले बाटो सुचारु गर्न, बीच बाटोमा रोकिराखेको यातायातका साधन निकाल्न समस्या भएको प्रहरीले जनाएको छ ।

यस्तै , अबिरल बर्षसंगै गएको पहिरोले नर्जामण्डप गाँउ विकास समितिको वडा नम्बर ४मा आठ घर जोखिममा परेका छन् ।

मंगलबार बिहान २ बजेदेखी आएको अबिरल बर्षाले बाहुनबेशी हुँदै सठिया जाने सडक छेउमा गएको पहिरोले स्थानियवासीको घर पहिरोको उच्च जोखिममा परेको हो ।

पहिरो पछि पनि उद्धार तथा पुनःस्थापनाको अभावमा उनीहरु जोखिमयुक्त घरमा नै बस्ने बाध्य भएका छन् ।
जगदीश खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment