Comments Add Comment

बीपी कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज स्पेनलाई (फोटो फिचर)

volly-ball1

बार्सिलोना । स्पेनमा भएको बीपी कप भलिबल प्रतियोगिताको उपाधी गल्कोट समाज स्पेनले जितेको छ । गत वर्ष भएको बीपी कप भलिबल प्रतियोगिताको उपाधी पनि गल्कोट समाज स्पेनले नै जितेको थियो ।

नेपाली जनसम्पर्क समिति स्पेनले विश्वेश्वरप्रसाद कोइरालाको एक सयौं जन्मजयन्तीको उपलक्ष्यमा आयोजना गरेको प्रतियोगिताको फाइनलमा बार्सिलोना बेसोस मारको समूहलाई पराजित गर्दै गल्कोट समाजले उपाधि रक्षा गरेको हो।

volly-ball2

फाइनल खेलमा गल्कोट समाजले २५–१९, २५– १७ र २५–२१ को सोझो सेटमा हराउदै नगद ३ सय ५१ युरो, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

यस्तै, उप बिजेता बेसोस मारको समूहले पनि ट्रफी, मेडल, प्रमाण पत्रसहित नगद २ सय ५१ युरो पाप्त गरेको छ । प्रतियोगिताको उत्कृष्ट खेलाडीमा ईश्वर बुढाथोकी र अनुशासित खेलाडीमा मीनबहादुर खत्री घोषित भए । दुवै खेलाडीले गल्कोट समाजका हुन् ।

दुई समुहमा विभाजन गरी लिगको नियमले भएको खेलमा समूह ‘क’ मा प्रवासी नेपाली मञ्च, नेपाली जन प्रगतिशील मन्च स्पेन (एमाओबादी र माओवादी गरी संयुक्त), र बार्सिलोना बेसोस मारको समूह रहेका थिए।

volly-ball4

यस्तै नेपाली जनसम्पर्क समिति, एनआरएनए स्पेन र गल्कोट समाज समुह ‘ख’ बाट प्रतिस्पर्धा गरे। लिग चरणबाट एनआरएन, गल्कोट, जन प्रगतीशील र  बेसोसको समूहले भने सेमिफाईनल यात्रा तय गरेका थिए ।

एनआरएनए स्पेनका अध्यक्ष एक राजगिरीले रिबन काटेर कार्यक्रमको उद्घाटन गरे भने समितिका अध्यक्ष चिन्तामणि सापकोटाले भलिबल सर्भिस गर्दै खेलको शुरुवात गरेका थिए ।

volly-ball3

volly-ball5

–बसन्त रानाभाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment