Comments Add Comment

जीवन लुइटेललाई भन्नुहोस् ‘ह्याप्पी बर्थ डे’

jiwan-luitel
नायक जीवन लुइटेल आज आफ्नो ३३ आैं जन्मदिन मनाउँदैछन् । एक कार्यक्रमको सिलसिलामा अमेरिका पुगेका लुइटेलले थुप्रै चलचित्रमा अभिनय गरिसकेका छन् ।
वि.सं २००२ मा ‘मिस्टर नेपाल’ भएपछि जीवनको करिअरको सुरुवात भएको हो । उनको जीवनमा ‘नाई नभन्नु ल’ कोशे ढुंगा भएर आएको थियो ।

जीवनले चलचित्रको पर्दामा हिट गीत धेरै दिएका छन् । बक्स अफिसमा गीतकै कारण जीवनका अधिकांश सिनेमा सफल मानिन्छन् । जीवन छोराको पिता बनेको पनि करिब एक बर्ष भैसकेको छ । ६ बर्ष अघि उनले बिहे गरेका थिए ।

नेपाली सिने नगरीमा नयाँ पुस्ताका सफल नायकको रुपमा उनलाई चिनिन्छ । नायक लुइटेललाई अनलाइनखबरको तर्फबाट जन्मदिनको शुभकामना ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment