Comments Add Comment

हुन्डाईले खोल्यो दाङमा अन्तर्राष्ट्रिय स्तरको शो-रुम

Hyundai-Shoroom-Dang

२५ भदौ, काठमाडौं । कोरियन गाडी उत्पादक कम्पनी हुन्डाईको दाङमा अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न शो-रुम खुलेको छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टल प्रालिको दाङका लागि नयाँ आधिकारिक बिक्रेता न्यु राइडर अटो वल्र्डको बुधबार एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । कम्पनीका सहायक महाप्रबन्धक रुपेस शर्मा भट्ट र दाङ उद्योग वाणिज्य संघका अध्यष हेमराज बन्जाडेले संयुक्त रुपमा शो-रुम उद्घाटन गरेका हुन् ।

शो-रुमबाट ग्राहकहरुलाई भिन्न किसिमका गाडी खरिदको अनुभुति प्रदान गर्ने उद्देश्य राखिएको छ । ग्राहकलाई ध्यानमा राखी बनाइएको यस शो-रुममा दक्ष सेल्स कर्मचारीहरु एवं परामर्श कक्षाका साथै सुविधायुक्त प्रतिक्षालय पनि उपलब्ध छ ।

हुन्डाई गाडी बनाउने हुन्डाई मोटर कम्पनी विश्वका पाँच ठूला गाडी निर्माता कम्पनीमध्ये पर्दछ । हुन्डाईका गाडीहरु बलियो, भरपर्दो तथा लो मेन्टिनेन्स कस्ट भएको कम्पनीको दाबी छ ।

लक्ष्मी इन्टरकन्टीनेन्टलले सन् २००९ देखि हुण्डाई गाडीको नेपाल अधिराज्यभर आधिकारिक रुपमा बिक्री वितरण गर्दै आएको छ । कम्प्नीका नेपालका मुख्य शहरहरुमा १२ वटा आधिकारिक डिलरहरु रहेका छन् ।
जसमध्ये काठमाडौंमा २ वटा र अन्य शहरहरु पोखरा, नारायणघाट, बुटवल, विरगञ्ज, विराटनगर, दमक, विर्तामोड, बनेपा, धनगढी र नेपालगञ्जमा एक/एक वटा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment