Comments Add Comment

डिसहोम स्वर्ण उत्सवमा बीरबहादुरले जिते १० तोला सुन

DTS-First-Winner

२६ भदौ काठमाडौं । नेपालीहरुको महानचाड दशैं र तिहारको अवसरा डाइरेक्स टू होम (डिडिएच) सेवा प्रदायक कम्पनी डिसहोमले ‘स्वर्ण उत्सव’ योजना ल्याएको छ ।

जुम्ला निवासी बीरबहादुर राउत यस योजनाका पहिलो बिजेता हुन सफल भएका छन् । उनलाई १० तोला सुन प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रबन्ध निर्देशक सुमन पोखरेल र ब्राण्ड मार्केटिङका सहायक प्रबन्धक मनोज न्यौपानेले राउतलाई पुरस्कार हस्तान्तरण गरे ।

भदौ ९ गते टेलिभिजन कार्यक्रम मार्फत ‘स्वर्ण उत्सव’ योजनाको पहिलो बिजेता घोषणा गरिएको थियो ।

भदौ ९ गतेदेखि सुरु भएको यस योजना कात्तिकसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ । कम्पनीले हरेक हप्ता लक्की ड्रमार्फत एक भाग्यसाली विजेतालाई १० तोला सुन प्रदान गर्ने जनाएको छ । यो योजना अवधिभर डिसहोमको कनेक्सन लिने ग्राहकलाई चाँदीको सिक्का प्राप्त गर्न सक्नेछन ।

सन २००९ देखि केबुल सेवा प्रदान गर्दै आएको डिसहोम नेपालको केबुल क्षेत्रमा सबैभन्दा धेरै र निरन्तर सेवा उपलब्ध गराउने कम्पनी हो । यसका देशभर ८ सय डिलर र दुइ हजार सेवा केन्द्रहरु छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment