Comments Add Comment

५० लाख जिमेल अकाउण्ट ह्याक, पासवर्ड सोसल मिडियामै सार्वजनिक

Gmail-Hackedझण्डै ५० लाख गुगल अकाउण्ट तथा पासवर्ड ह्याक गरी अनलाइनमार्फत सार्वजनिक गरिएको छ ।
यसरी ह्याक हुने मध्ये धेरैजसो प्रयोगकर्ता रुसका रहेका छन् र ती मध्ये ६० प्रतिशत सक्रिय प्रयोगकर्ता रहेको इन्टरनेसनल बिजनेस टाइम्सले जनाएको छ ।
सबै इमेल अकाउण्टका डाटाबेस भएका टेक्स्ट फाइल सोसल मिडिया प्लाटर्फम बिटकोइन सेक्युरिटी फोरममा अपलोड गरिएको छ । तखकपष्त  नामक प्रयोगकर्ताको नामबाट यस्ता जिमेल सूचना सोसल मिडियामा अपलोड गरिएको हो ।
यसरी सार्वजनिक रुपमै सोसल मिडियामा गुगल अकाउण्टका नाम तथा पासवर्ड सार्वजनिक गरिएपछि त्यसमार्फत प्रयोगकर्ताको जिमेल अकाउण्टमा मात्र नभएर गुगलका अन्य सेवामा समेत अरुले पहुँच स्थापित गर्न सक्नेछन् ।
गुगलको रसिया कार्यालयका प्रवक्ताले पछिल्लो घटनाको विज्ञहरुले अनुसन्धान गरिरहेको भन्दै जिमेल प्रयोगकर्ताहरुलाई ससक्त पासवर्ड चयन गर्न र टू स्टेप अथेन्टिकेसनको प्रयोग गर्न आग्रह गरेका छन् ।
रुसी इन्टरनेट सेवा प्रदायक मेल डट आरयु का ६०लाख अकाउण्ट चोरी भएको एक दिनपछि नै रुसमा जिमेल प्रयोगकर्तामाथि पनि हमला भएको हो ।
कसरी थाहा पाउने ?
तपाईको जीमेल अकाउन्ट ह्याक भए/नभएकोबारेमा जानकारी पाउन सजिलो उपाय छ । त्यसका लागि तपाईले यो लिंकमा क्लिक गर्नुहोस् । त्यहाँ तपाईले आफ्नो इमेल ठेगाना हाल्नुभयो भने यो वेबसाइटले तपाईको जीमेल ह्याक भए/नभएको जानकारी दिनेछ ।
यदि तपाई पुरै युजरनेम हाल्न चाहानुहुन्न भने युजरनेमको अन्तिम ३ वटा अक्षर नराखी पनि इन्ट्री गर्न सक्नुहुन्छ । त्यसपछि वेबसाइटले त्यो युजरनेमबाट सुरु भएका सवै जीमेल अकाउन्टको सूची दिनेछ जो ह्याक भएका छन् ।
यदि तपाईको पासवर्ड ह्याक भएको छ भने तपाईले तत्कालै परिवर्तन गरी दुई तहको पुष्टी प्रकृया अबलम्बन गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment