Comments Add Comment

जिपले साइकललाई ठक्कर दिँदा २ को मृत्यु

२७ भदौ, मोरङ । मोरङको पथरीमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत शनिश्चरे नगरपालिकाको पथरीमा जिपले साइकललाई ठक्कर दिँदा साइकलमा सवार शनिश्चरे १ का ६५ वर्षका रुद्र गुरुङ र उनका भाइ ५३ वर्षका मनकुमार गुरुङको मृत्यु भएको हो ।

जिपले ठक्कर दिएपछि गम्भीर घाइेत भएका उनीहरुको उपचारका क्रममा उर्लाबारीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मृत्यु भएके हो ।

साइकललाई ठक्कर दिने ना २ च १२९८ नम्बरको जिप र चालकलाई इलाका प्रहरी कार्यालय उर्लाबारीले नियन्त्रणमा लिएको छ । दुर्घटना बिहान ६ बजे भएको थियो ।
सुमन घिमिरेबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment