Comments Add Comment

इलामबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, एकको मृत्यु

२७ भदौ, चितवन । इलामको पशुपतिनगरबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस चितवनको दारेचोक-३ कुरिनटारमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।

ना ४ ख ७१ ३७ नम्बरको बस बिहीबार बिहान अनियन्त्रित भएर सडकमा पल्टिएको थियो ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी मोरङ हरैजा बस्ने ३८ वर्षकी केशरी घिमिरेको ज्यान गएको छ ।

घिमिरेको उपचारका क्रममा कलेज अफ मेडिकल साइन्सेज भरपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाउको छ ।
दुर्घटनामा परी घाइते भएका १७ जनाको भने उपचारपछि डिस्चार्ज गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment