Comments Add Comment

हृदयघात भएका एमाओवादी नेता बोगटीलाई नर्भिक अस्पताल ल्याइयो

posta bdr bogati in norvic hospital (1)

२७ भदौ, काठमाडौं । हृदयघात भएपछि बाँसबारीस्थित गंगलाल हृदय रोग केन्द्रमा भर्ना भएका एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीलाई नर्भिक अस्पताल सारिएको छ ।

चिकित्सकहरुको सल्लाह अनुसार उनलाई नर्भिक ल्याइएको एमाओवादी प्रवक्ता दिनानाथ शर्माले जानकारी दिए ।

बोगटीलाई बिहीबार राति ९ बजेतिर हृदयघात भएको थियो । लगतै अस्पताल पुर्‍याइएका उनी खतरामुक्त छन् । तर, ब्रेनमा केही समस्या भएकाले केही दिन लाग्न सक्ने चिकित्सकहरुले बताएका छन् ।

बोगटी अस्पताल भर्ना भएपछि एमाओवादी अध्यक्ष प्रचण्ड, नेता डा. बाबुराम भट्टराई र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ राति नै अस्पताल पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment