+
+
Shares

नेविसंघको महाधिवेशन अनिश्चित समयका लागि स्थगित

अनलाइनखबर अनलाइनखबर
२०७१ भदौ २८ गते १०:४७

२८ भदौ, काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन अनिश्चित समयका लागि स्थगित भएको छ ।

nebisangशनिबार बिहान प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइराला र कांग्रेस नेता शेरबहादुर देउवाको छलफल पछि आगामि भदौ २९ गतेका लागि तय भएको महाधिवेशन तत्कालका लागि स्थगित गरिएको देउवा निकटका विद्यार्थी नेता नैरसिंह महरले अनलाइनखबरलाई जानकारी दिए ।

घोषित महाधिवेशन जसरी पनि गर्नुपर्ने देउवा पक्षका विद्यार्थीले दबाब दिएपनि संस्थापन पक्षले नगर्न अडान लिएपछि महाधिवेशन स्थगित भएको हो । देउवा पक्षका विद्यार्थीले भने महाविधेशको तयारी सुरु भएकाले उद्घाटन गरेर नेतृत्वका विषयमा पछि छलफल गर्न सकिने बताउँदै आएका छन् ।

महाधिवेशनको मिति भने फेरि छलफल गरी तय गरिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?