Comments Add Comment

प्यूठान उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वकर्माको मृत्यु

२९ भदौ, प्यूठान । प्यूठान उद्योग बाणिज्य संघका निवर्तमान अध्यक्ष सुर्य विश्वकर्माको सवारी दुर्घटनामा मृत्यु भएको छ ।

आईतबार विहान प्यूठानबाट बुटवल तर्फ जाँदै गर्दा कपिलबस्तुको सालझण्डीमा नीजि टाटा सुमो दुर्घटना हुँदा मृत्यु भएको संघका मानार्थ सदस्य इमानसिंह भारतीले जानकारी दिए । गाडि पन्चर हुँदा अनियन्त्रित भई पिपल रुखमा ठोक्किएर दुर्घटना भएको थियो ।

गाडिमा सवार अन्य दुई जना आफन्तको पनि घटनास्थलमै मृत्यु भएको छ । गाडिमा सवार श्रीमती रमा वि.क. र चालक कृष्ण वि.कको अवस्था भने सामान्य छ । उनीहरु अस्पतालमा उपचार भैरहेको छ । घटनाको थप विवरण आउन बाँकी छ ।

विजयसिंह भारतीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment