Comments Add Comment

सोमबारका छापामा मुख्य खबर

राजधानीबाट सोमबार प्रकाशित सबैजसो दैनिक पत्रिकाले एमाओवादी उपाध्यक्ष पोष्टबहादुर बोगटीको स्वास्थ्य अवस्था चिन्ताजनक रहेको, साना ग्राहकका लागि विद्युत महशुल बढेको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

नयाँ पत्रिकाले कूटनीतिक नियोगको भाडामा वाषिर्क ६० करोड खर्च हुने, एमालेमा अध्यक्ष केपी ओली र नेता माधबकुमार नेपालबीच आरोप प्रत्यारोप भएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

नागरिक दैनिकले अफिम खेती फैलँदै गरेको, एमबीबीएस पढ्न सिट कटौती भएको खबरलाई प्राथमिकताका साथ छापेका छन् ।

राजधानी दैनिकले सार्कको साझा एजेन्डा आतंकवाद नियन्त्रण रहेको, पुरस्कारका लागि नलेख्नेले मदन पुरस्कार पाएको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

अन्नपूर्ण पोस्टले महसुल वृद्धि, बिनाहस्ताक्षर निर्णय भएको, पृथक्ताको नारा दिने सीके राउनको परिचयसहितको खबरलाई प्राथमिकताका साथ छापेको छ ।

1

2

3

4

5

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment