Comments Add Comment

बोगटीको शोकमा एमाओवादीले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

३० भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीले दिंगवत भएका नेता पोष्टबहादुर बोगटीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ । पार्टी केन्द्रीय कमिटीले बोगटीको पार्थीव शरीरमा पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली व्यक्त गरेको हो ।

त्यस्तै एमाओवादीले बोगटी शोकमा पार्टीको झण्डा तीन दिनसम्म आधा झुकाउने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको पार्टी पदाधिकारीको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै तीन दिनसम्म कुनै औपचारिक कार्यक्रम नगर्ने, असोज ५ गते सबै जिल्लामा श्रद्धाञ्जली सभाको आयोजना गर्ने निर्णय गरेको छ ।

बोगटीको पार्थीव शरीरलाई केहीबेरमै खुल्लामञ्चमा पुर्‍याइने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment