Comments Add Comment

तक्मे बुढा र केकीको ‘माई प्रमिश’

my-promiseप्रदर्शनको लागि तयार भएको लामो समयसम्म पनि ‘माई प्रमिश’ले हलसम्म आउने मिति तय गर्न सकेको थिएन ।

अब यो सिनेमा मंसिर ५ गतेबाट प्रदर्शनमा आउने निर्माणपक्षले जनाएको छ ।

सिंगापुरमा बस्दै आएका लाहुरेहरुको कथामा बनेको यो सिनेमालाई सुरज सुब्बा ‘नाल्बो’ले निर्देशन गरेका हुन् ।

टीआरएएनजी प्रोडक्शनको ब्यानरमा तयार भएको यो सिनेमामा केकी अधिकारी, रमेशचन्द्र राई, नरकुमार लिम्बु, विल्सन विक्रम राई’तक्मे बुढा’, अनुराग कुँवर लगायतका कलाकारहरुले अभिनय गरेका छन् ।

चलचित्र सेन्सर बोर्डबाट ‘पीजी’ सर्टिफिकेट पाएको सिनेमामा बनिष शाहको सम्पादन, महेश ख्डकाको संगीत, रोशन श्रेष्ठको द्वन्द्व छ । हङकङ, सिंगापुर लगायतका देशमा च्यारिटी भैसकेको यो सिनेमाले प्रतिक्रिया पनि राम्रो पाएको छ । चलचित्रको छायांकन सिंगापुरमा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment