३१ भदौ, काठमाडौ । काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा सुत्केरी महिलाको मृत्यु भएको विषयलाई लिएर आफन्तले अस्पताल तोडफोड गरेका छन् ।
बनस्थली ढुंगेधारा बस्ने कास्कीको पोखरा-१५ घर भएकी २४ वषिर्या सुत्केरी महिला धरना तामाङको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाहीले मृत्यु भएको भन्दै तोडफोडमा उत्रिएका हुन् । तोडफोडबाट अस्पतालको डाइलोसिस भवनको तेस्रो तल्लामा क्षति पुगेको प्रहरी निरीक्षक प्रकाश सापकोटाले जानकारी दिए ।
गत भदौ १५ गते शल्यक्रिया गरिएकी महिला धरनाको उपचारकै क्रममा सोमबार राती १०:४० मा मृत्यु भएको हो ।
मृतकका आफन्तले चिकित्सकको लापर्वाहीको कारण सुत्केरी महिलाको मृत्यु भएको आरोप लगाएका छन् भने अस्पतालले महिलाको किड्नी फेल भएर ज्यान गएको जनाएको छ ।
धरनाकी छोरीको अवस्था भने स्वस्थ रहेको अस्पतालले जनाएको छ ।