Comments Add Comment

श्रीलंकाकी सेक्सी ज्याकलिन बलिउडकी रानी ?(फोटो फिचरसहित)

jacline-1
के ज्याकलिन फर्नान्डेज बलिउडकी नयाँ रानी हुन् त, संचारमाध्यममा यस्ता बहस सुरु भएका छन् । चलचित्र ‘किक’ले बक्स अफिसमा २ सय करोड माथिको व्यापार गरेपछि ज्याकलिनको चर्चा एकाएक उचाइमा पुगेको हो ।

ज्याकलिन अब नयाँ चलचित्र ‘रोय’मा अर्जुन कपुर र रणवीर कपुरसँग देखिदैछिन् । ज्याकलिनको एकपछि अर्को सफलताले बलिउडमा उनलाई नयाँ रानीको रुपमा हेर्न थालिएको छ ।

श्रीलंकाबाट आएकी यी सुन्दरीले चलचित्र ‘किक’मा समावेश ‘झुम्मे की राता हे’ बोलको गीतमा आफ्नो सेक्सी अवतार देखाइन् । ज्याकलिनले बलिउडमा यसअघि ‘मर्डर २’, ‘हाउसफूल’, ‘हाउसफूल २’, ‘रेश २’ जस्ता सिनेमामा काम गरिसकेकी छिन् । बलिउडका चर्चित नायक सलमान खानसँग काम गरेपछि उनको उचाई चुलिएको हो । उनी बलिउडका चर्चित ब्यानरमा काम गर्ने कम नायिकामध्ये एकमा पर्छिन् ।

ज्याकलिनलाई बलिडमा रानीको रुपमा हेरिनुको एउटा कारणको उनको पहिरन स्टाइल पनि हो । फेशनवल पहिरन गर्न रुचाउँने यी सुन्दरी आकर्षक छिन् । jacline-2 jacline-3 jacline-4

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment