Comments Add Comment

बेल्जियममा नेपाल महोत्सव हुने

बेल्जियम । बेल्जियममा नेपाल महोत्सव हुने भएको छ । एनआरएन ए बेल्जियमले आगामी अक्टोबरमा चार दिने महोत्सव गर्न लागेको हो ।

महोत्सव अक्टोबर २, ३, ४ र ५ मा बेल्जियमको नयाँ पर्यटकीय शहर सोदफोन्टेनमा हुनेछ ।

नेपाली दुताबासको संरक्षकत्वमा एनआरएन ए बेल्जियम र बेल्जियम स्थित नेपाली संघ संस्थाको आयोजनामा बेल्जियमको स्थानीय संस्था बेल्जियम नेपालमैत्री संघसँगको सहकार्यमा सम्पन्न हुने उक्त महोत्सवमा १० हजार भन्दा बढी बेल्जियनहरू सहभगी हुने जनाईएको छ ।

बिशेष गरेर नेपाली कला, सस्कृति भेष-भुषाको प्रदर्शन, नेपाली उत्पादनहरूको प्रदर्शन तथा बिक्री बितरण गरि समग्र नेपालको प्रबर्दन गर्ने उदेश्यले आयोजना गरिने महोत्सबमा विभिन्न संघ-संस्था तथा व्यक्तिहरुले स्टल राखेर नेपालका उत्पादनहरूको प्रदर्शन र बिक्री बितरण गर्न सक्ने समेत जनाईएको छ ।

  महोत्सबलाई सफल पार्न सोदफोन्टेन नगरपालिकाले सम्पुर्ण लोजिस्टिक सहयोग गर्ने भएको छ । बेल्जियमको साउथफोन्टीन नगरपालिकाले साउथफोन्टीनमा आयोजना गरेको ‘सानो नेपाल’ नामक चार दिने महोत्सवको अवसर पारेर नेपाल महोत्सवको आयोजना गरिएको हो । बिशेष गरेर नेपाल पर्यटन प्रबर्द्धन र नेपाली कला, संस्कृतिलाई चिनाउने सुनौलो मौकाको रुपमा रहेको छ ।

 बिष्णु सापकोटा  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment