७ असोज, काठमाडौं । कम्युनिष्ट अान्दाेलनकी अगुवा एवं एमाले नेतृ साहना प्रधानको उपचारका क्रममा साेमबार राति निधन भएको छ ।
 बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको  साेमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
बल्खुस्थित बयोधा अस्पतालमा उपचाररत प्रधानको  साेमबार राति ११ बजेर ५ मिनेटमा निधन भएको अस्पताल स्रोतले जनाएको छ ।
प्रधानको पार्थीव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखि ११ बजेसम्म पार्टी कार्यालय बल्खुमा राखिने एमालेले जनाएकाे छ ।
दिउँसाे शवयात्रासहित पशुपति आर्यघाटमा दाहसंस्कार गरिने जनाइएकाे छ ।
विगत तीन वर्षदेखि नसाको समस्याबाट पीडित भएकी प्रधान लामो समयदेखि बोल्न सकेकी थिइनन् । यस्तै अवस्थामा गत जेठ २३ गते उनलाई मतिष्कघात भएको थियो । मतिष्कघातपछि प्रधानको बयोधा अस्पतालमा उपचार भइरहेको थियो ।
नेतृ प्रधानको १८ वर्ष अघि ओपन हार्ट सर्जरी गरिएको थियो।
८७ वर्षकी प्रधानको पाँच दिनयता स्वास्थ्य अवस्था गम्भीर भएको र सघन उपचार कक्षमा इन्कुभेटरमा राखेर उपचार गरिएको अस्पताल स्रोतले जनाएको छ ।
कम्युनिस्ट राजनीतिमा ६ दशकदेखि निरन्तर सक्रिय प्रधानले ०४६ सालमा संयुक्त वाममोर्चाको नेतृत्व गर्दै आन्दोलनको अगुवाइ गरेकी थिइन्। ०४६ पछिको अन्तरिम सरकारमा उनी उद्योगमन्त्री थिइन्।
त्यसैगरी ०६३ को परिवर्तनपछि बनेको सरकारमा उनी उपप्रधान तथा परराष्ट्रमन्त्री थिइन्। स्वर्गीय प्रधान कम्युनिस्ट आन्दोलनका संस्थापक नेता पुष्पलाल श्रेष्ठकी पत्नी हुन्।
पुष्पलालकाे निधनपछि पार्टी पुनर्गठन गरेकी साहनाले मनमाेहन अधिकारीसँग मिलेर नेकपा मार्क्सवादी बनाइन् । ०४६ सालपछि मार्क्सवादी र माले मिलेर एमाले बन्याे ।
वामदेव गाैतम र सीपी मैनालीले एमाले विभाजन गरेर नेकपा माले पुनर्गठन गर्दा साहनाले वामदेवलार्इ साथ दिएकी थिइन् । पछि उनी वामदेवसँगै एमालेमा फर्केकी हुन् ।
राणा शासनकाे अन्त्यका लागि भएकाे अान्दाेलनकाे पृष्ठभूमिबाट राजनीतिमा लागेकी साहनाकाे निधनले पुरानाे पुस्ताका राजनीतिज्ञकाे स्थान रिक्त भएकाे छ । नेपाली राजनीतिमा साहना प्रधान पीवी, गणेशमान, कृष्णप्रसाद भट्टरार्इ, पुष्पलाल र मनमाेहनकी समकालीन नेतृ हुन् ।
प्रधानका छाेरा उमेश र छोरी उषा छन् ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                .jpg) 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4