७ असोज, भैरहवा । सवारी दुर्घटनामा परी ज्यान गुमाएका मृतकका परिवारले क्षतिपूर्तिका माग गर्दै सिद्दार्थ राजमार्ग बन्द गराएका छन् । सिद्दार्थ राजमार्ग अन्तर्गत रुपन्देहीको पल्सरी सडकखण्डमा स्थानीयबासी तथा पीडित परिवारले सवारी आवागमनमा रोक लगाएका हुन् ।
नौं महिनापहिले गत मंसिर ३० गते मोटरसाइकलको ठक्करले स्थानीय १३ वर्षका विनोद चौधरीको मृत्यु भएको थियो ।
मृतकका परिवारलाई स्थानीय प्रशासनले क्षतिपूर्ति दिलाउने आश्वासन दिलाएर शव उठाउन लगाएपनि अहिले नौं महिना बित्दा समेत कुनै पहल नगरेको भन्दै उनीहरुले राजमार्ग अवरुद्ध बनाएका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा भैरहवा, लुम्बिनी तथा सुनौली जाने सवारी साधन तथा यात्रुहरु बीच बाटोमै अलपत्र परेका छन् । विद्यालय गएका विद्यार्थी पनि बीच बाटोमै अलपत्र परेका छन् । दसैं नजिकिँदै गर्दा किनमेलका लागि बाहिर निस्कनेहरु समस्यामा परेका छन् ।
यता प्रशासनले भने छलफलबाट समस्या समाधानका लागि पहल गरिरहेको बताएको छ । भर्खरै आएको एसपी राजेन्द्र ढकालले वार्ताका लागि पीडित पक्षलाई बोलाएका छन् ।
सलमान खानबाट
प्रतिक्रिया 4