+
+
Shares

सोमबारदेखि सञ्चालनमा आयो ‘रोयल क्यासिनो’

७ असोज, काठमाडौं । होटल याक एण्ड यतिमा रहेको रोयल क्यासिनो सोमबारदेखि सञ्चालनमा आएको छ । सर्वोच्च अदालतले यथावत रुपमा सञ्चालन गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेपछि रोयल क्यासिनो सञ्चालनमा आएको हो ।

सरकारलाई बुझाउनुपर्ने रोयल्टीको बक्यौता रकम बुझाई नयाँ क्यासिनो नियमावली-२०७० अनुसार दर्ता प्रकृयामा नआएपछि पर्यटन मन्त्रालयले गत चैतदेखि मुलुकभर सञ्चालनमा रहेका सबै क्यासिनोहरु बन्द गराएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ७ गते १९:३८

_MG_3258
श्रीधर पौडेल

७ असोज, काठमाडौं । होटल याक एण्ड यतिमा रहेको रोयल क्यासिनो सोमबारदेखि सञ्चालनमा आएको छ । सर्वोच्च अदालतले यथावत रुपमा सञ्चालन गर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेपछि रोयल क्यासिनो सञ्चालनमा आएको हो ।

सरकारलाई बुझाउनुपर्ने रोयल्टीको बक्यौता रकम बुझाई नयाँ क्यासिनो नियमावली-२०७० अनुसार दर्ता प्रकृयामा नआएपछि पर्यटन मन्त्रालयले गत चैतदेखि मुलुकभर सञ्चालनमा रहेका सबै क्यासिनोहरु बन्द गराएको थियो ।

सरकारले २०७० साउन ७ गते क्यासिनो नियमावली २०७० जारी गरि क्यासिनो संचालनको लागि कडा प्रावधान राखेको थियो । नयाँ नियमावली अनुसार सरकारले पटक-पटक गरी ४ पटकसम्म क्यासिनो नविकरण गर्न म्याद थप गर्दा पनि अटेर गरेपछी गत चैत २१ गते देखि सबै क्यासिनो बन्द गरिदिएको थियो ।

क्यासिनो रोयलका तर्फबाट मनोज सुवेदीले सर्वोच्च अदालतमा क्यासिनो सञ्चालन गर्न पाउनुपर्ने भन्दै रीट दायर गरेका थिए । उक्त रीट निवेदनमा सर्वोच्चका न्यायधीश दीपकराज जोशीको असोज २ गतेको एकल इजलासबाट क्यासिनो बन्द गर्ने आदेश क्यासिनो रोयलको हकमा हाल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।

प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय, गृह मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा पर्यटन महाशाखाको नाममा सर्वोच्चबाट अन्तरिम आदेश जारी भएपछि क्यासिनो रोयल सञ्चालन गरिएको महाप्रबन्ध भविश्वर अर्यालले जानकारी दिएका छन् ।

_MG_3271

क्यासिनो सञ्चालनमा आएपछि सोमबार रातीदेखि चहलपहल बढेको छ । क्यासिनो सञ्चालनमा आएपछि केही मात्रामा भएपनि विदेशीहरु आउन थालेको बताउँदै कर्मचारीहरुले विस्तारै पर्यटकको संख्या बढ्ने विश्वास व्यक्त गरे ।

निवेदक सुवेदीले २०६६ माघ २३ गते विभिन्न शर्त बन्देजमा सम्झौता गरी १० वर्षको लागि गिल्ड इन्भेष्टमेन्ट प्रालिलाई क्यासिनो रोयल सञ्चालन गर्न दिएकोमा सो सम्झौताको अधिनमा रहने गरी २०७० साउन १५ गते निवेदक समेत ४ जनासँग उक्त कम्पनीले सम्झौता गरी क्यासिनो सञ्चालन गर्दै आउको देखिएको सर्वाेच्च अन्तरिम आदेशमा उल्लेख गरिएको छ ।

निवेदक सुवेदी समेतले आर्थिक वर्ष २०६९/७० को क्यासिनो रोयल्टी गत बैशाख ५ सम्म २ करोड ५४ लाख ७५ हजार रुपैयाँ दाखिल गरेको देखिएको सर्वोच्चले बताएको छ ।

व्यवस्थित रोजगारी सम्बन्धी हकमा आघात पुग्ने र सम्पत्ती सम्बन्धी हकमा अपुरणिय क्षति हुने उल्लेख गर्दै सर्वोच्चले रोयल क्यासिनो बन्द गराउन लेखिएको पत्र प्रस्तुत रिट निवेदनको टुङ्गो नलागेसम्म कार्यान्वयन  नगराउन र निवेदक सुवेदीलाई यथावत व्यवसाय सञ्चालन गर्न दिनु भनी अन्तरीम आदेश जारी गरेको छ ।

काठमाडौं र पोखरामा सञ्चालित १० वटा पाँच तारे होटलमा क्यासिनोहरु रहेका छन् । काठमाडौंमा क्यासिनो अन्ना (होटल डेल अन्नपूर्ण), माजोङ (होटल सोल्टी), सांग्रिला, रोयल (होटल याक एन्ड यती, स्टार (होटल हायात), एभरेष्ट (होटल एभेरष्ट, भेनस (होटल मल्ल) र र्‍याड (होटल र्‍याडिसन) सञ्चालनमा छन । त्यस्तै, पोखरामा फुलवारी (होटल फुलवारी) र पोखरा ग्रान्ड (होटल पोखरा ग्रान्ड) सञ्चालनमा रहेका छन् ।

सर्वाेच्च अदालकाे अन्तरिम अादेशकाे पूर्ण पाठcasino-royal-Finalcasino-royal-Final-2

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?