निमुसंगम घर्ती
७ असोज, दाङ । दाङ प्रहरीले ४५ किलो लागु औषध चरेससहित ४ जनालाई पक्राउ गरेको छ ।
घोराही नगरपालिका ६ गिठेपानी निबासी दिलकुमारी पुनको घरमा लुकाई राखेको ४५ किलो चरेससहित ४ जना पक्राउ परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय दाङले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरी दिलकुमारी पुन, रोल्पा थवाङ २ घरभई हाल घोराही १० नयाँ बजार बस्ने ४७ बषिर्य बरप्रसाद घर्ती, ३९ बषर्ीय श्रीधन बुढा र घोराही ८ बडहराकी ३५ बषर्ीया बागेश्वरी घर्तीलाई सार्वजनिक गरेको छ ।
प्रहरीले ग्राहक बनेर चरेस बरामद गर्न सफल भएको प्रहरी प्रमुख प्रहरी उपरीक्षक खिनुप्रसाद आचार्यले जानकारी दिए । उनीहरु भरियाका रुपमा प्रयोग भएको र मुख्य चरेस कारोवार गर्ने फरार रहेका छन् ।
पक्राउ परेका व्यक्तिहरुले भने आफुहरुलाई फसाएको दावी गरेका छन् ।
प्रहरीका अनुसार रोल्पा र रुकुममा घरेलु रुपमा उत्पादन हुने चरेस निर्यातको ट्राञ्जिट रुटका रुपमा दाङ प्रयोग हुँदै आएको छ ।
प्रतिक्रिया 4