+
+
Shares

बसमा हतियारसहित प्रहरीको रात्रिगस्ती

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज ८ गते १०:०२

८ असोज, चितवन । चितवनको राजमार्गमा चल्ने बसमा प्रहरीले हतियारसहित रात्रि गस्ती सुरु गरेको छ ।

दसैँ, तिहारलगायत विभिन्न चाडवाडमा चोरी, डकैती, लुटपाटलगायत विभिन्न घटना हुन सक्ने भन्दै यसको नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय चितवनले रात्रि गस्ती सुरु गरेको जनाएको छ ।

दुई दर्जनभन्दा बढी प्रहरीलाई यात्रु र बसको सुरक्षाका लागि खटाएको चितवनका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए ।

हतियारसहितको खटिएको प्रहरीले राति हिँड्ने सवारीसाधनमा दुई टोली खटाएर गस्ती सुरु गरेको छ । झन्डै सय किलोमिटर रहेको चितवनको राजमार्गमा चितवनको आँपटारीदेखि मुग्लिनसम्म र आँपटारीदेखि लोथरसम्म रात्रि बसमा नै बसेर सवारीसाधनलाई चितवन कटाउने गरेको प्रहरीले जनाएको छ ।

दसैंका बेला आपराधिक गतिविधि बढी हुने गरेकाले सुरक्षा अवस्था बलियो बनाउन जनपद प्रहरीसँगै सशस्त्र प्रहरी पनि खटाइएको छ । स्थानीय प्रशासनले दसैँमा शान्तिसुरक्षाको अनुभूति गराउन यो अभियान सुरु गरेको जनाएको छ ।

पछिल्लो समयमा चितवनमा आपराधिक क्रियाकलाप बढिरहेकाले चाडवाडमा झन् यस्ता गतिविधि बढ्नसक्ने हुँदा सुरक्षा व्यवस्था कडा पारिएको चितवनका प्रमुख जिल्ला अधिकारी डा मानबहादुर विकेले बताए ।

यसअघि जिल्लामा यात्रुको समस्यालाई ध्यान दिँदै दुई स्थानमा यात्रु सहायता कक्षा स्थापना भइसकेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?